भिडभाड कम गरेर परीक्षा सञ्चालन गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोनाको जोखिम रहेकै अवस्थामा परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अवस्थामा परीक्षा हलमा भिडभाड कम गर्न परीक्षा केन्द्र धेरै बनाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।
आज बसेको समिति बैठकले भिडभाड काम गरेर परीक्षालाई व्यवस्थित गर्न निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
कोभिड–१९ संक्रमितहरूका लागि छुट्टै परीक्षा दिने व्यवस्था गर्न र परीक्षा दिन नसक्ने संक्रमितका लागि पनि छुट्टै परीक्षाको व्यवस्था गर्न समितिले भनेको छ । समितिले निर्देशनमा भनेको छ,“परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी तथा परीक्षा हलमा आधारभूत स्वास्थ्य सामाग्री र आधारभूत औषधि जस्ता सामाग्रीको व्यवस्था गर्ने भनेको छ ।”
समितिले कक्षा १२ को परीक्षार्थीहरूलाई सम्भावना भएसम्म खोपको व्यवस्था गर्न सुझाव दिएको छ भने परीक्षार्थीले परीक्षा दिनुपूर्व कोभिड परीक्षण गर्ने व्यवस्था गर्न भनेको छ ।