५ आश्विन २०८१, शनिबार

उत्तर कोरियामा केरा प्रतिकिलो ४५ अमेरिकी डलर

प्रकाशित मिति :  28 July, 2021 6:31 pm


काठमाडौ । उत्तर कोरियाली नेता किम जोङ उनले वैश्विक महामारीलाई कोरियाली युद्धजस्तो कठिन चुनौती भएको बताएका छन् ।

६८ औं कोरियाली युद्धस्मृति समारोहलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किमले यस्तो बताए ।

राजधानी पोङयाङमा आयोजित समारोहमा नेता किमले भने “ हामी अभूतपूर्व वैश्विक महामारीको संंकटले निम्त्याएको कठिनाइ र दुःख कोरिया युद्धका बेला सहेको चुनौती भन्दा कम छैन”

उनले नयाँ महान विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै विजय एक पुस्ताले अर्को पुस्तालाई पुस्तान्तरण गर्दै जाने जनाए ।

अप्रिलमा उनले यो इतिहासकै सबै भन्दा खराब समय भनेर टिप्पणी गरेका थिए । गत महिना नेता किमले देशमा खाद्यान्नको अभाव भएकाो बताएका थिए ।

दक्षिण कोरियाको मिडियाले उत्तर कोरियामा खानेकुराको मूल्यमा व्यापक वृद्धि भएकाो जनाएको थियो । उनीहरूका अनुसार एक किलो केराको मूल्य ४५ अमेरिकी डलर बराबर रहेको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !