नागरिक दैनिकले तीन वर्षदेखि जिल्ला सम्वादातालाई पारिश्रमिक दिएन,पत्रकारको धर्ना
काठमाडौं । नेपाल रिपब्लिक मिडियाद्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत झण्डै ३ दर्जन जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरूले झण्डै ३ वर्षदेखिको पारिश्रमिक नपाएको भन्दै सुरु गरेका छन् ।
पारिश्रमिक उपलब्ध गराउन माग गर्दै नागरिक दैनिकमा कार्यरत जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरूले काठमाडौं सुन्धारास्थित पत्रिकाको कार्यालयमा अनसनरत सुरु गरेका हुन् ।
पत्रकारहरूको उक्त अनसनमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी सहभागी भई ऐक्यवद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै ध्यानकर्षण भएको जनएको छ । महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“एउटा प्रतिष्ठित मिडिया हाउसबाट लामो समयदेखि पत्रकारहरूलाई काम लगाएर पारिश्रमिक उपलब्ध नगराउनु दुःखद् पक्ष हुनुका साथै श्रमजीवी पत्रकार ऐनविपरीत हुने महासंघको ठहर छ ।”
महासंघले श्रमजीवी पत्रकार ऐनअनुसारको सबै सेवा–सुविधासहित अनसनरत पत्रकारहरूको बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन पत्रिका व्यवस्थापन पक्षसँग माग गरेको छ । अन्यथा यसविरुद्ध दबाबमूलक संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी महासंघको छ ।