९ माघ २०८१, बुधबार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यद्वारा सपथ ग्रहण

प्रकाशित मिति :  29 July, 2021 11:03 am


फोटो :प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाबाट आज बिहान सिंहदरबारमा सपथ लिएका हुन् । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरूलाई सपथ ग्रहण गराएका छन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा पौडेल र सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

सपथ ग्रहणपछि उपाध्यक्ष र सदस्य तीनै जनाले पदभार पनि ग्रहण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !