७ आश्विन २०८१, सोमबार

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा,गठबन्धनका नेता छलफलमा व्यस्त

प्रकाशित मिति :  29 July, 2021 2:53 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

गबन्धन दलभित्र सहमति भए आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेको स्रोतको दाबी छ । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल समेत भएको छ । प्रधानमन्त्री निकट स्रोतले भन्यो, केही मन्त्री आजै थप्ने कि भन्ने छ, त्यसैले प्रधानमन्त्री ज्यूले प्रयास गरिरहनुभएको छ ।”

हिजो मात्रै गठबन्धनदलबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति भएको थियो ।

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूह, राष्ट्रिय जनमोर्चा रहेका छन् । नेपाल समूह र जनमोर्चाले सरकारमा जाने विषयमा सार्वजनिक रुपमा प्रष्ट धारणा बनाएका छैनन् । अन्य तीन दलभित्र आकांक्षी धेरै भएपछि मन्त्री छान्न सकस छ ।

आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् । नेता नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन माओवादी केन्द्रबाट २ जना र कांग्रेसबाट २ जना थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपनि २५ सदस्यी मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !