७ पुस २०८१, आइतबार

अर्थ मन्त्रालयद्वारा धितोपत्र बोर्डलाई तीन दिने स्पष्टीकरण

प्रकाशित मिति :  29 July, 2021 12:32 pm


काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष  ढुंगानाले पदीय मर्यादा विपरीत बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको कम्तीमा ११ हजार ९९२ कित्ता सेयर छोरीको नाममा राखेको भेटिएको समाचार आएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

मन्त्रालय स्रोतका अनुसार तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभएमा बर्खास्दीको प्रक्रियासम्म अघि बढाउने गरि पत्र पठाइएको हो । ढुंगानालाई २०७६ पुस २२ गते बोर्डको अध्यक्ष नियुक्त गरिएको थियो ।

बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्र ऐनविपरीत अमेरिका बस्ने छोरी रेबिका ढुंगानाका नामका सर्वोत्तम सिमेन्टको सेयर किनेर राखेको रमेशकुमारले हिमाल खबर अनलाइनमा समाचार ब्रेक गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !