इतिहास: जब ओलम्पिकमा गएका नेपाली खेलाडी हेरोइनसहित पक्राउ परे
काठमाडौं । यतिखेर जापानमा ओलम्पिक खेलकूद प्रतियोगिता जारी छ । विश्वका अन्य मुलुकले पदकको सूचीमा आफूलाई माथि उठाइरहेका बेला नेपाली खेलाडीहरू भने राष्ट्रिय रेकर्ड ब्रेकको उपलब्धीमै सीमित भइरहेका छन् ।
ओलम्पिकमा नेपालको सहभागिता र पदकभन्दा निकै फरक अर्को प्रसंग पनि छ । पञ्चायतकालमा यहाँबाट ओलम्पिक खेल्न भनेर अमेरिकाको लसएन्जलस गएका फुटबल खेलाडीहरू गाँजासहित पक्राउ परेका थिए ।
पञ्चायतकालीन अवस्थामा नेपालमा रही गाँजा कारोबार गर्दै आएका जोसेफ पिट्रीले आफ्नो पुस्तक ‘द किङ अफ नेपालः लाइफ बिफोर ड्रग वार्स’मा यस विषयमा उल्लेख गरेका छन् । उनको पुस्तकबाट सोही प्रसंगः
नेपाली ओलम्पिक समितिको इन्चार्ज रहेका एक धेरै महत्वपूर्ण मन्त्रीको निवासमा खानाको निम्तो लिएर गणेश (लामा) आए । त्यसको अर्को दिन एक सरकारी कार हामीलाई लिन बौद्ध पठाइयो ।
म सम्झिन्छु, मन्त्रीको मर्सिडिज बेन्ज र प्रहरीको एस्कर्टबाट म धेरै प्रभावित भइरहेको थिएँ । कम्पाउन्डभित्र प्रवेश गरे लगत्तै मन्त्रीको निवासबाट शाही सवारी निस्केकाले हामी रोकियौं ।
जब हामी पुग्यौं, म रिसेप्सनमा पर्खी बसेँ भने,गणेशले मन्त्रीसँग व्यक्तिगत रूपमा कानेखुसी गरे । त्यसपछि मलाई मन्त्रीको कार्यालयमा देखाइयो र एक बोतल जनी वाकर ब्ल्याक ह्विस्की तथा ५५५ चुरोटको डिब्बा मेरा अगाडि आए ।
उनीहरूसँग मैले एक ड्रिंक लिए र एक खिल्ली गाँजाको रोल बनाउनेतिर लागेँ । मैले सल्काए पछि मन्त्रीलाई टक्र्याएँ, उनले विनम्रतापूर्वक अस्वीकार गरे । लन्च सकेपछि सर्वाधिक ठोस कुरोहरू तर्फ सवांद माोडिए ।
नेपालले पहिलो पटक रोयल नेपाली फुटबल टिमलाई लस एन्जलसमा सन् १९८४ मा ओलम्पिकमा पठाएको थियो । उनीहरुले मेरो टोलीसँगै पठाइएको सामानलाई सम्हाल्ने प्रस्ताव राखे।
नेपालले पहिलो पटक शाही नेपाली फुटबल टोली आउँदो वर्ष सन् १९८४ मा लस एन्जेल्समा आयोजना हुने ओलम्पिकमा पठाउन लागि रहेको थियो । उनीहरूले टोलीसँग पठाइने सामानहरूको व्यवस्थापनको जिम्मा मलाई दिन प्रस्ताव गरे ।
मेरो दिमागमा डलरमै घुम्न थाल्यो, लगत्तै मैले अफगानी शैलीमा (थिचेर बनाइने) बनाइएको १५० किलो नेपाली क्रिम हसिस (चरेस)बाट कति पाउँछु भन्ने सोच्न थालेँ ! मैले मन्त्रीलाई भने कि मैले हसिसको आपूर्ति गर्न सक्छु र लस एन्जलसको डेलिभरी पछि सहमतिको मूल्यमा फेरि किन्नेछु।
गणेशले मन्त्रीलाई नेपालीमा भन्यो र त्यसपछि मलाई भन्यो,“ कालो चीज होइन सेतो चीज ।” उनीहरूको मनसाय १५० किलो चाइना ह्वाइट हेरोइन नेपाली फुटबल टोलीसँग लस एन्जेल्स पठाउने थियो । मैले उनीहरूको दिमाग परिवर्तन गर्न भरमग्दुर प्रयास गरे कि १५० किलो सर्वोत्तम नेपाली गाँजा (हस) अलि राम्रै हुन्छ तर उनीहरूले १० प्रतिशत दिन चाहिरहेका थिए जुन १५० किलो हसको मूल्य भन्दा बढी बराबर थियो !
मैले मेरा दुवै हात जोडेर टाउको माथि लगेर मन्त्रीसँग माफी मागेँ किनकी म उनीहरूलाई केही सहयोग गर्न सक्ने थिइन । यस्तो सवालै छैन । म यो कसलाई बेच्ने मान्छे चिन्दिन, न त म यो गर्न नै चाहन्थेँ । फेरि मैले उनलाई यो बिर्सि दिनु भनेँ र हसिसको काम गरौं भने तर केही लागेन, म त्यहाँबाट निस्केँ ।
निवास जाने बाटोमा गणेशले यो व्यापारको पछाडि शाही परिवार रहेको बेली विस्तार लगाउँदै यो कारोबारका पछाडि अधिराजकुमार ज्ञानेन्द्र भएको र यसबाट मैले नेपालमा जे चाहन्छु, त्यो पाउँछु भनेर सम्झाए । शाही परिवारको हैसियतमा म हुने हुन्थेँ ।मैले उसलाई यो कुरा बिर्सिदेऊ भने ।
सन १९८४ को ओलम्पिक गेम्सका लागि गएको शाही नेपाली फुटबल टोलीलाई अमेरिकी भन्सारले १५० किलो हेरोइन ल्याइरहेको भन्दै रोक्यो र नेपाल फर्कायो । यो सबै कुरा गुपचुपमै भयो र त्यो दिन भएको कुरा केही समाचारमा मात्र देखियो । त्यसपछि यो पुस्तक नआएसम्म कहिल्यै केही सुनिएन ।
यो घटनाको बारेमा नेपालीहरूले कहिल्यै थाहा पाएनन् । अनि, यो काण्डको खुलासा गर्ने एक पत्रकार प्रहरीद्वारा गोली हानी मारिए । कसलाई थाहा थियो र यो हिरोइनको कारोबार गर्ने अधिराजकुमार कुनै दिन नेपालको राजा बन्नेछन् भनेर !