पछिल्लो २४ घण्टामा देशभर ३३६५ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन।
देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५५५ जनाको पीसीआर परीक्षणबाट २ हजार ३३५ जना, ४ हजार ६८७ जनाको एन्टिजेन परीक्षणबाट १ हजार ३० जनामा गरी कुल ३ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ । तीमध्ये ९ हजार ८०७ जनाको मृत्यु भएको छ भने ६ लाख ५० हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेका छन् ।
जसमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ६३६ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।
त्यस्तै देशभर पछिल्लो २४ घण्टामा १३७३ जना संक्रमणमुक्त भएका छन् ।