९ माघ २०८१, बुधबार

एनआरएनए इकोटोरियल गुयानामा बिष्णुहरि सेढाई अध्यक्ष निर्वाचित

प्रकाशित मिति :  29 July, 2021 5:04 pm


मालाबो । पश्चिमी अफ्रिका स्थित समुन्द्र छेउमा रहेको सानो मुलुक इकोटोरियल गुयानामा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति इकोटोरियल गुयनाको अध्यक्षमा विष्णुहरि सेढाईं निर्वाचित भएका छन् ।

तेश्रो बार्षिक साधारण सभाले सेढाईलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

निर्वाचन संयोजक तथा निवर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईका अनुसार निर्विरोध निर्वाचित कार्यसमितिमा सुमन विके उपाध्यक्ष , लवकुमार थपलिया महासचिव , प्रतीक थपलिया कोषाध्यक्ष चयन भएका छन् । त्यसैगरी मानबहादुर कार्की, किशोर साह , कृपा शर्मा र बासुदेब सेढाई कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

केन्द्रीय अनुगमनकर्ता रमेशप्रसाद त्रिपाठीका अनुसार उक्त सभामा मालाबो तथा बाटा शहरमा वसोवास गरिरहेका नेपालीहरुले प्रत्यक्ष एवं जुमबाट सहभागिता जनाएका थिए ।

सभामा वर्षिक कार्य प्रगती विवरण र आर्थिक प्रतिवेदनमा समेत छलफल गरि पारित गरिएको थियो । निर्वाचन संयोजक एवं निवर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईले नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराई कार्यभार हस्तान्तरण गरेका छन् ।

अट्ठाइसहजार बर्गकिलोमिटर क्षेत्रफल र चौध लाख जनसंख्या रहेको इकोटोरियल गुयानामा प्रतिव्यक्ति आयका हिसाबले अफ्रिकाकै सम्पन्न देश हो । जहा प्रतिव्यक्ति आमदानी २१,४४२ डलर रहेको छ ।



प्रतिक्रिया दिनुहोस !