६ माघ २०८१, आइतबार

मौद्रिक नीति रोकेको छैन, विगतलाई गाली गर्ने श्वेतपत्र ल्याउँदिनः अर्थमन्त्री शर्मा

प्रकाशित मिति :  29 July, 2021 5:58 pm


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला आफूले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको बताए ।

चालू आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । यस्तोमा अर्थ मन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ ।
शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि राष्ट्र बैंकले गर्ने प्रष्ट पारे । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री शर्माले भने,“मैले गभर्नर साबलाई फेरि ब्याजदर बढेर अन्य स्थितिबाट नागरिक वित्तीय सुविधाबाट बञ्चित नहुन् भनेको हुँ ।”

वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थित सिर्जना गर्न आफूले निर्देश गरेको उनले बताए । “आम नागरिकलाई अप्ठेरो हुनु भएन । यसबाहेक मैले केही सुझाव दिएको छैन । रोकेको त हुँदै होइन,”शर्माले भने,“नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो । गभर्नरलाई मैले ुतपाईं त्यसको प्रमुख हो, मेरो सुझाव यत्ति हो, कतिबेला के गर्ने कसरी गर्ने पनि तपाईंको जिम्माु भनेको छु ।”

ऋण पाउने पक्का भएकाहरूले ऋण पाउने स्थिति नहोस्, कसरी हुन्छ सहज वातावरण बनाउने निर्देशन दिएको उनले बताए । अर्थ मन्त्रालयले मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठेरो पार्ने काम नगर्ने दाबी उनको छ ।

“जनतालाई अप्ठेरो पार्ने गतिविधि तथा आर्थिक क्रियाकलापलाई अप्ठेरो हुने काम नहुने गरी जेजे लख्नुपर्ने हो लेख्नोस् भनेको छु,” शर्माले थपे,“यसो भन्नु मेरो दायित्व हो ।”

मन्त्रालयमा हिजो र आजको वातारण फरक भएकाले परिवर्तीत सहज वातारणलाई सहज बनाइदिन माग आएको उनले बताए ।
शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागेमात्र सम्भव हुने बताए । आफू नेतृत्वमा रहादा जानीजानी गल्ती नगर्ने बताउँदै उनले अञ्जानमा गलती भए सच्याउने सल्लाह दिन अनुरोध गरेका छन् ।

‘श्वेतपत्र जारी गर्दा विगतको नेतृत्वलाई गाली गर्दिनँ, मलाई हिरो बन्नु छैन’

मन्त्री शर्माले आफूले तयार पार्ने भनेको श्वेतपत्रले कसकैको कमजोरो नभएर अर्थतन्त्रको यथार्थ चित्रण गर्ने जिकिर पनि गरे । “कसैको अबमूल्यन गर्ने काम गर्दिनँ । श्वेतपत्रले यथार्थ चित्रण गर्छ । राम्रो कि नराम्रो मुल्यांकन गर्न जिम्मा सर्वसाधारणको हो,” शर्माले भने ।

केही आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उनले बताए । “श्वेतपत्र कसैलाई गल्ती देखाउन र आफूलाई हिरो देखाउन ल्याइने होइन । यही हो भने फिल्म खेल्ने गए भइहाल्छ,ू मन्त्री शर्माले भने,”आफूलाई जे लाग्छ त्यतिमात्र बोल्नेछु, विगतको समीक्षा गरेर कसले कति ग¥यो, कसले कति गरेन पनि भन्दिनँ ।”

मन्त्री शर्माले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मूल योजना रहेको पनि बताएका छन् । नयाँ सरकार गठन भएको स्थितमा आर्थिक अध्यायदेश संसदमा टेबल भएको बताउँदै उनले यसलाई टुङ्याउन पनि बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको  बताए ।



प्रतिक्रिया दिनुहोस !