७ आश्विन २०८१, सोमबार

अझै खुलेन जसपाका सम्भावित मन्त्रीहरूको नाम

प्रकाशित मिति :  29 July, 2021 6:43 pm


काठमाडौ । जनता समाजवादी पाटीको आधिकारिता पाएको उपेन्द्र यादवसमूहले विभिन्न व्यक्तिलाई विभिन्न जिम्मेवरी दिएको छ ।

बैठकले पार्टीको केन्द्रीय सल्लाहकार समिति समितिको अध्यक्षमा विष्णुहरि शर्मालाई नियुक्त गरिएको छ ।

यसैगरी राजेन्द्र महतोको सदभावना पार्टीमा उपाध्यक्ष रहेका नरसिंह चौधरीलाई अनुशासन आयोगका संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

पार्टीभित्र देखिएको अनुशासनसम्बन्धी छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

नवराज सुवेदीको संयोजकत्वमा गठित सो समितिमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ छन् ।

प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये २ जना निलम्बित भइ बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा देखिएका छन् ।
पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम खुलाएको छैन् ।



प्रतिक्रिया दिनुहोस !