८ मंसिर २०८१, शनिबार

नेप्सेको प्रमुख कार्यकारी अधिकृतसँग पनि अर्थमन्त्रालयले माग्यो स्पष्टीकरण

प्रकाशित मिति :  30 July, 2021 1:53 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष पछि अर्थमन्त्रालयले नेपाल स्टक एक्चेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृतसँग पनि स्पष्टीकरण सोधेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले आफ्नी श्रीमतिको नाममा सर्बोत्तम सिमेन्टको १० हजार कित्ता सेयर खरिद गरेको सम्बन्धमा सत्यतथ्य के हो भनि तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको हो ।

विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको त्यहाँ नेप्सेसग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

अर्थन्त्रालयले सोधेको स्पष्टिकरण पत्रमा सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य र यर्थाथ के हो ? सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र उपलब्ध गराइ दिनु हुन आदेश अनुसार अनुरोध गरिन्छ,’ भनि उल्लेख गरिएको छ ।

केहि दिन यता भित्री कारोबार गरेको आरोपमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, उद्योग वाणिज्य संघका उपाध्यक्ष र नेपाल स्टक एकसचेन्जका प्रमुख कार्यकारी अधिकृतको चर्चा चुलिएको छ ।

केहि दिन अघि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको कम्तीमा ११ हजार ९९२ कित्ता सेयर आफ्नी छोरिको नाममा किनेको विषय बाहिर आएपछि हिजो मात्रै अर्थमन्त्रालयले ढुंगानासँग स्पष्टीकरण मागेको थियो ।



प्रतिक्रिया दिनुहोस !