१२ मंसिर २०८१, बुधबार

सिटिजन्स बैंक इन्टरनेशनको वितरणयोग्य मुनाफा ९१ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  30 July, 2021 2:28 pm


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक बर्ष २०७७/७८ मा ९१ प्रतिशत मुनाफा कमाएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तिय विवरणअनुसार बैंकको वितरण योग्य मुनाफा ९१.५७ प्रतिशत रहेको हो ।

समिक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा पनि ९१.५७ प्रतिशत बढेर १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८२ करोड ३९ लाख रुपैयाँमा रहेकोा थियो ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा बैंकले १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३३.४० प्रतिशतले बढि हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १९ करोड ८५ लाख रूपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकको सञ्चालन मुनाफा पनि ४३.६६ प्रतिशतले बटेर २ अर्ब १५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४९ करोड ९० लाख रूपैयाँ मात्र थियो । त्यसैगरी, चौथो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि २५.०८ प्रतिशतले बढेर ३ अर्ब ६० करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

स्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड ६९ लाख रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ९ करोड ८९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार ४०.९२ प्रतिशतले बृद्धि भएको हो ।

त्यस्तै बैंकको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा बढेको छ । समिक्षा अवधिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) २५.१ गुणा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !