कोभिडले युगान्डामा ज्यान गुमाएका खड्गीका परिवारलाई अफ्रिकामा बस्ने नेपालीको सहयोग
काठमाडौं । गत असार २९ गते कोरोना संक्रमणका कारण ज्यान गुमाएका तनहुँका हिराबहादुर खड्कीका परिवारलाई अप्रिकामा बस्ने नेपालीहरूले सहयोग गरेका छन् ।
युगान्डाको कम्पालामा निधन भएका तनहुँको भानुभक्त नगरपालिका वार्ड नम्बर ६ , सिमपानीका ४७ वर्षीय खड्गीका परिवारलाई एनआरएनए अफ्रिका राहत कोषबाट सहयोग गरिएको हो ।
एनआरएनएका निवर्तमान अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले खड्कीका परिवारलाई ३ लाख १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
कार्कीले तनहुँ खड्कीको घरमा गइ श्रीमती सुशीलामाया खड्की सहित परिवारलाई भेटी रकम हस्तान्तरण गरेका हुन् । अफ्रिकामा रहेका नेपालीहरूको तर्फबाट उक्त रकम सहयोग जुटाई सहयोग गरिएको हो ।
एनआरएनए युगान्डाका अध्यक्ष विनोद थापाले कोष र सहयोगिहरूलाई धन्यवाद दिदै उनी कार्यरत कम्पनीबाट समेत सहयोग जुटाउन एनआरएनएले पहल गरि राखेको बताएका छन् ।