४ आश्विन २०८१, शुक्रबार

करमा दर्ता हुनेको संख्या ४४ लाख ६५ हजार

प्रकाशित मिति :  30 July, 2021 4:34 pm


काठमाडौं । देशको कर प्रणालीमा दर्ता भएका करदाताहरूको संख्या साढे ४४ लाख नाघेको छ । सरकारले तलबभत्ता लिँदा वा अन्य आर्थिक कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गराएसँगै करमा दर्ता हुनेहरूको संख्या पनि व्यापक रुपमा बढेको देखिएको हो ।

अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा स्थायी लेखा नम्बर लिनेहरूको संख्या ३३ लाख ३२ हजार ३६८ रहेकोमा गत आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा स्थायी लेखा नम्बर लिनेहरूको संख्या ४० लाख ६५ हजार पुगेको छ ।

थपिएकामध्ये व्यक्तिगततर्फ प्यान लिने करदाताको सं‍ख्या २०७६/७७ को अन्त्यमा १९ लाख ७३ हजार ५४३ रहेकोमा बितेको आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा २४ लाख ७५ हजार १३१ जना पुगेका छन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट एक हजार रुपैयाँभन्दा माथिको कारोबारमा  स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गराइएपछि आर्थिक वर्ष २०७६/७७ मा यस्तो प्यान नम्बर लिनेको संख्या ९ लाख ८२ हजार ८५१ ले वृद्धि भएको थियो भने गत आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत प्यान ल‌िनेको संख्या करिब ५ लाखले मात्रै वृद्धि भएको छ ।

यस्तै व्यावसायिक लेखा नम्बर लिनेहरू ०७६/७७ को अन्त्यमा १३ लाख ५८ हजार ९३४ रहेकोमा बितेको आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा १५ लाख ७९ हजार ९४० जना पुगेका छन् । कर कट्टी प्रयोजनका लागि प्यान लिनेहरू अघिल्लो आर्थिक वर्षमा ५ हजार १०६ रहेकोमा गत आर्थिक वर्षमा ९ हजार ९९८ पुगेका छन् ।

यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनेहरू ०७६/७७ को अन्त्यमा २ लाख ५५ हजार ९६३ रहेकोमा बितेको आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा यो संख्या २ लाख ६९ हजार ९४० जना ३५८ पुगेको छ भने अन्तःशुल्कमा दर्ता हुनेहरू ०७६/७७ को अन्त्यमा ९४ हजार २९२ रहेकोमा बितेको आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा यो संख्या १ लाख ४ हजार १०९ पुगेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !