७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीले कारबाही गरेका तीन सांसद पदमुक्त

प्रकाशित मिति :  30 July, 2021 3:42 pm


रुपन्देही । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधित्व गर्ने तीन जना सांसद पदमुक्त भएका छन् ।

जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएलगत्तै तीन सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

सरकार निर्माणका बेला महन्थ ठाकुर पक्षमा लागेर शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन सहयोग गरेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएका हुन् ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनले सूचना जारी गरेर तीनै जना पदमुक्त भएको जानकारी गराएका छन् । पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।



प्रतिक्रिया दिनुहोस !