प्रधानसेनापति थापा र भारतीय थल सेनाध्यक्ष नरभानेबीच टेलिफोन वार्ता
प्रकाशित मिति : 30 July, 2021 7:07 pm
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय थल सेना अध्यक्ष जनरल एमएम नरभानेबीच टेलिफोन वार्ता भएको छ ।
आज भएको टेलिफोन वार्ताका क्रममा दुईपक्षीय सुरक्षा सहकार्य विषयमा छलफल भएको छ । प्रधानसेनापति थापा भदौ २४ गतेदेखि सेवा निवृत्त हुँदैछन् भने एक महिना अघि अर्थात यही साउन २४ गतेदेखि विदामा बस्दैछन् ।
मन्त्रिपरिषद् बैठकले रथी प्रभुराम शर्मालाई साउन २५ गते देखि कामु सेनापति बनाउने निर्णय गरेको छ । प्रधानसेनापति थापासँगको छलफलबारे जानकारी गराउँदै भारतीय सेनाले सुरक्षा सहकार्यका विभिन्न पक्षबारे छलफल भएको जनाएको छ ।