७ आश्विन २०८१, सोमबार

जसपा संसदीय दलका नेताको छनौट गर्न बैठक सुरु

प्रकाशित मिति :  31 July, 2021 2:02 pm


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दल नेता छान्न बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित पार्टीको संसदीय दल कार्यालयमा आज बसेको बैठकले संसदीय दलको नेता चयन गर्ने एजेन्डामा छलफलको योजना गरेको छ ।

पार्टीले संसदीय दलको नेता छनौट गर्न एक निर्वाचन समिति गठन गरेको छ ।

सहमतिमा नेता छनौट नगरिए सो समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसारको विधि र प्रक्रिया अपनाइ नेताको चयन गरिने पार्टीले सार्वजनिक गरी जनाएको छ ।

सुरुमा सर्वसहमतिले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचन मार्फत दलको नेता चयन गर्ने अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिवले जानकारी दिएका छन् ।

स्वकीय सचिव महेश चौरसिया अनुसार सिंहदरबार संघीय संसदका २१ जना सदस्यहरूको उपस्थिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस !