१० माघ २०८१, बिहिबार

अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो,निषेधाज्ञा थप कडा

प्रकाशित मिति :  1 August, 2021 8:31 am


अर्घाखाँची । अर्घाखाँचीमा जारी निषेधाज्ञालाई थप कडाई गरिएको छ ।

गएराति १२ बजेदेखि साउन ३० गते रारितसम्म निषेधाज्ञालाई थप कडाईका साथ लागू गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएसंगै संक्रमणको उच्च जोखिम भएकाले निषेधाज्ञालाई कडाई गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ ।

अर्घाखाँचीमा आजदेखि अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्र खुल्ने छन् भने यातायात, बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द हुनेछन् । औषधि पसल २४ घण्टा खुला रहनेछन् भने त्यावश्यक कामका सवारी साधन सञ्चालन हुनेछन् ।

आदेशको उल्लंघन गर्नेलाई कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लामा हिजो बेलुकीसम्म सक्रिय संक्रमितको संख्या ५७१ पुगेको छ भने अहिलेसम्म ७२ जनाको ज्यान गइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !