६ माघ २०८१, आइतबार

अर्थसचिवमा मधु मरासिनी

प्रकाशित मिति :  1 August, 2021 12:11 pm


काठमाडौं । सरकारले महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थसचिवमा सरुवा गरेको छ ।

१२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थ सचिव बनाउँदै तीन सचिवको सरुवा गरेको हो । अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका सचिव लक्ष्मण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ । अर्थ मन्त्रालय स्रोतले मरासिनी अर्थ सचिवमा सरुवा भएको पुष्टि गरेको छ ।

अर्थसचिवको दौडमा मरासिनीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका बैकुण्ठ अर्याल र राष्ट्रिय योजना आयोगमा रहेका केवलकिरण भण्डारी थिए । लक्ष्मण अर्यालपनि अर्थसचिवका लागि पहल गरिरहेका थिए ।



प्रतिक्रिया दिनुहोस !