१० माघ २०८१, बिहिबार

सप्तरीमा चोरी भएको चाँदीको मुकुट खोजी गर्न सीमानाका बन्द

प्रकाशित मिति :  2 August, 2021 8:30 am


सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ करिब ७ः१५ बजेतिर मुकुट चोरी भएको हो ।

घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको छ ।

खोजी कार्यलाई तीव्रता दिएर चोरी भएको ठाउँसहित जिल्लाका भारतीय सीमानाका बन्द गरिएको   छ । रासस



प्रतिक्रिया दिनुहोस !