७ आश्विन २०८१, सोमबार

सरकारी सेवा सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

प्रकाशित मिति :  2 August, 2021 12:17 pm


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पदमा रहँदासम्म सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

आज आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास,गाडी र तलब भत्ता नलिने घोषणा गरेका हुन् । सुरक्षाकर्मी भने लिने उनको भनाई छ ।

व्यवसायीलाई मन्त्री बनाएको भन्दै चर्को आलोचना भइरहेका बेला श्रेष्ठले यो घोषणा गरेका हुन् ।

उनले मन्त्री हुँदासम्म व्यावसायिक संस्थाबाट राजीनामा दिने पनि जानकारी गराएका छन् । श्रेष्ठले भने,“ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैंले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार-व्यवसायमा संलग्न नहुने प्रतिवद्धतापत्र सार्वजनिक गरेको छु ।”



प्रतिक्रिया दिनुहोस !