कञ्चनपुर उवासंघका सदस्यलाई जोन्सन एण्ड जोन्सनको खोप लगाइने, सदस्य नविकरण अनिवार्य
प्रकाशित मिति : 2 August, 2021 1:36 pm
कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्यहरुलाई जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ ।
संघका २ सय सदस्यलाई मंगलबार (साउन १९ गते) खोपको व्यवस्था गरिएको हो । संघको सिफारिसमा संघको सभाहलमा खोप लगाउने व्यवस्था गरिएको अध्यक्ष जंगबहादुर मल्लले बताए ।
खोप लगाउनका लागि संघका सदस्यहरुले सोमबार (आज) ५ बजेभित्र सदस्यता नविकरण गरिसक्नु पर्ने संघले जनाएको छ ।
पछिल्लाे समयमा विभिन्न जिल्लामा संघले सहजीकरण गरेर खोपको व्यवस्था गरिरहेको छ ।