एन्फा प्रवक्ता राईको राजीनामा
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पदबााट राजीनामा दिएका छन् ।
सोमबार सातदोबाटोस्थित एन्फाको मुख्यालयमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई आफ्नो राजीनामा बुझाएका हुन् ।
नेतृत्व तहमा मतभेद चर्किएयता एन्फाका पदाधिकारीहरूमा राजीनामा दिने पछिल्ला पदाधिकारी राई बनेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दिएको राजीनामाबाट एन्फामा विवाद एक पछि अर्को गरी चर्किदै गएको छ ।
प्रशिक्षक अल्मुताइरीले एन्फाका उपाध्यक्ष पंकज नेम्वाङले काम गर्न बाधा पु¥याएको भनी राजीनामा दिएका थिए । तर औपचारिक रूपमा उनले पद भने छाडेनन् । अल्मुताइरीलाई कारबाही नगरिएकोमा प्रवक्ता राई असन्तुष्ट हुन पुगेका थिए ।
राईको राजीनामा आउनु अघि आफू संलग्न विषयमा भएको विवादको छानबिन हुनुपर्ने माग राखी प्रशिक्षक अल्मुताइरीले निवेदन दिएका छन् ।