१२ मंसिर २०८१, बुधबार

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम १० अर्ब माथि

प्रकाशित मिति :  2 August, 2021 3:56 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एकस्चेन्ज नेप्से सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ४.०६ अंकले बढेर ३०८५.०७ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सुचक सेन्सेटिभ परिसूचक पनि ०.३० अंकले बढेर ५७२.४६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये, ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ ।
यस दिन २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त र घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज कारोबारको आधारमा अरुण काबेली पावर लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ३७ करोड ७५ लाख ४७ हजार ६ सय ५० रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज घलेमदी हाइड्रो, गुराँस लघुवित्त, फस्र्ट माइक्रो फाइनान्स, युनिर्भसल पावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।

त्यस्तै नेशनल हाइड्रो डेभलपर्स, यूनाइटेर आइडीआई मर्दी आरबी हाइड्रो पावर, हिमालयन पावर पार्टनर, बरुण हाइड्रो कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

आज कूल २२६ वटा कम्पनीको २ करोड १८ लाख ९४ हजार २ सय ९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !