५ आश्विन २०८१, शनिबार

कोरोनाभाइरस विरूद्ध अश्वगन्धाको असरबारे बेलायतमा अनुसन्धान परीक्षण

प्रकाशित मिति :  2 August, 2021 4:35 pm


काठमाडौ ।कोरोनाभाइरस विरूद्ध अश्वगन्धाको असरबारे बेलायतमा अनुसन्धान परीक्षण सुरु भएको छ ।

भारतको आयुष मन्त्रालयले बेलायतको लन्ड स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनसँग(एलएसएचटीएम) मिलेर कोभिड–१९को उपचारमा अश्वगन्धनाको असरबारे अनुसन्धान अध्ययन सुरु गरेको हो ।

आयुष मन्त्रालय अन्तर्गतको अल इन्डिया इन्स्टिच्युट अफ आयुर्वेद(आला) र बेलायतको एलएसएचटीएम बिच यस विषयमा क्लिनिकल ट्रायलका लागि एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

लिइस्टर, बर्मिघम र लन्डनको साउथहल र वेम्बली क्षेत्रका २ हजार मानिसमा अश्वगन्धाको असर बारे क्लिनिकल ट्रायल भइरहेको छ ।
भारतमा शीतकालीन चेरीको रूपमा चिनिएको अश्वगन्धालाई वनस्पति विज्ञहरूले विथानिया सोम्निफेरा भनी पनि चिन्दछन् ।

परम्परागतरूपमा प्रयोग भइआएको अश्वगन्धाले ऊर्जा वृद्धि गर्न , तनाव घटाउन र प्रतिरोध प्रणालीलाई बलियो बनाउन प्रयोग हुँदै आएको छ ।
बेलायतमा भएको यो अध्ययनले कोरोनामा यो असरदार साबित भए प्रतिरोधी पोषण समपूरकको रूपमा यो सहजै प्राप्त हुने देखिएको छ ।
यो परीक्षणका क्रममा सहभागीहरूलाई ५सय ग्रामको अश्वगन्धा चक्की दिनको दुई पटक खानुपर्ने हुन्छ । यसबाट उनीहरूमा पर्ने प्रभावको अध्ययन गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !