१२ मंसिर २०८१, बुधबार

डा. गौतमलाई युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइयो

प्रकाशित मिति :  2 August, 2021 4:26 pm


काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई हटााइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय अनुसार सोमबार डा. गौतमलाई अस्पतालको प्रमुख प्रशासकिय अधिकृतबाट हटाएको हो ।

मन्त्रीस्तरीय निणयकै आधारमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई डा. गौतमको ठाउँमा लगिएको छ ।

अस्पतालबाट हटाइएसँगै डा. गौतमलाई थापाथली स्थित प्रसुती तथा स्त्र िरोग अस्पतालमा सरुवा गरिएको छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।



प्रतिक्रिया दिनुहोस !