५ आश्विन २०८१, शनिबार

अफगानी राष्ट्रपतिले भने,‘अमेरिकी सेना फिर्ताले तलिबान विरूद्धको युद्ध असफल बनेको छ’

प्रकाशित मिति :  2 August, 2021 7:21 pm


काठमाडौ । अफगानी राष्ट्रपति असरफ घानीले अमेरिकी गठबन्धनको सेना अफगानिस्तानबाट अचनाक फिर्ता गएपछि तलिबान विरूद्धको लडाइँ खराब हुँदै गएको आरोप लगाएका छन् ।

तलिबानले अफगानिस्तानका प्रमुख शहरहरूमा आक्रमण गर्न थालेपछि राष्ट्रपति घानीले संसदमा देशको वर्तमान अवस्थाबारे बोल्दै  यस्तो अरोप लगाएका हुन् ।

उनले  देशको स्थिति ६ महिना भित्र नियन्त्रणमा आउने विश्वास दिलाउँदै आफ्नो सुरक्षा योजना संसदमा प्रस्तुत गरे । भ्रष्टाचार र सुरक्षाकर्मीहरूको भुक्तानीकाो समस्या युद्धको मैदानमा चुनौती बन्दै गएको उनले जनाएका छन् ।

तलिबानले सोमबार एक विज्ञप्ति निकालेर घानीको आलोचना गर्दै उनको समय सकिएको जनाएका छन् । गत साता तलिबानले कान्धार, हेरात र लश्कर गहमाथि आक्रमण तीव्र पारेको थियो । सो लडाइँ जारी रहेको छ । कान्धार विमानस्थलमा हुने हवाई आवागमन रोकिएको    छ । आइतबार तलिबान विद्रोहीले कान्धार विमानस्थलमा रकेट आक्रमण गरेका थिए ।

अमेरिकी रक्षामन्त्रालयले अगस्ट ३१ पछि पनि अफगानी सरकारलाई समर्थन कायम रहने प्रतिबद्धता जनाएको छ । अमेरिकी सेना सेप्टेम्बर ११ अघि फर्काइ सक्ने योजना रहेकोले अमेरिकाले रक्षामन्त्रालयले यस्तो जनाएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जुलाईमा तलिबानको आक्रमणलाई कमजोर बनाउन अफगानी सेनाको पहिलो काम भएको बताएका थिए ।

अमेरिकाले त्यहाँको गगनचुम्बी जुम्ल्याहा महलमा विमान ठोकाइ ११ सेप्टेम्बर २००१मा आक्रमण गरेपछि अक्टोबरमा आफ्नो गठबन्धन बनाइ अफगानिस्तानमा आक्रमण गरेको थियो । त्यतिखेर अमेरिकाले आतंकवाद विरूद्धको युद्ध भनेर घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !