७ आश्विन २०८१, सोमबार

नेकपा बर्दियाद्वारा गुलरियामा बिरोध सभा सम्पन्न

प्रकाशित मिति :  2 August, 2021 7:39 pm


बर्दिया । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बर्दियाले जयसिंह धामी मृत्यु भएको घटनाको विरोध गरेको छ ।

तुइन मार्फत महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिए नदीमा खसेर धामी बेपत्ता भएका थिए थियो । सोही घटनाको नेकपा बर्दियाले विरोध गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार गुलरिया बस पार्कदेखि सहिद चोकसम्म निस्किएको विरोध र्‍याली राधाकृष्ण चोक पुगेर सभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा बाँके-बर्दिया इन्चार्ज दिपक चलाउनले नेपाली माथि हुने यस्ता प्रकारका ज्यादती तत्काल बन्द गर्न चेतावनी दिएका छन् । उनले  लिपुलेक कालापानी सुस्ता नेपालली भू-भाग भएकोले भारतीय पक्षलाई उक्त भू भाग छोड्न समेत आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !