१० माघ २०८१, बिहिबार

उपराष्ट्रपति पुनसँग प्रधानसेनापति थापाको विदाई भेट

प्रकाशित मिति :  3 August, 2021 11:53 am


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग विदाई भेट गरेका छन् ।

भदौ २४ गते देखि सेवानिवृत्त हुन लागेका प्रधानसेनापति थापाले बिहान उपराष्ट्रपतिको सरकारी निवास पुगेर बिदाई भेट गरेका हुन् । भेटमा थापाले आफ्ना उत्तारीधिकारी प्रशुराम शर्मालाई पनि लिएर गएका थिए ।

सेवानिवृत्त हुनुअघि थापा एकमहिना पहिले अर्थात यही साउन २५ गतेबाट विदामा बस्दैछन् भने शर्मा साउन २६ गतेदेखि लागू हुने गरि कायममुकायम प्रधानसेनापति नियुक्त भएका छन् ।

भेटका क्रममा उपराष्ट्रपति पुनले प्रधानसेनापति थापालाई सानदारपूर्वक आफ्नो कार्यकाल पूरा गरेकामा बाधाई दिएका थिए । उपराष्ट्रपति पुनले भेटमा भनेका थिए,“नेपाली सेनालाई लोकतान्त्रिकरण र आधुनिकिरणमा यहाँको योगदान अतुलनीय छ ।”

साथै नेपाली सेनाको प्रधानसेनापति हुन लागेकोमा बलाधिकृत रथी शर्मालाईपनि उपराष्ट्रपति पुनले अग्रिम शुभकामना दिएको उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव शरद रोकाले जानकारी दिएका छन् ।

थापाको समय सकिएपछि शर्माले भदौं २५ गतेबाट प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन् ।



प्रतिक्रिया दिनुहोस !