५ आश्विन २०८१, शनिबार

अमेरिकाले दिने वाचा गरेको कोरोना खोप भारत कहिल्यै नआउने

प्रकाशित मिति :  3 August, 2021 12:11 pm


काठमाडौ । अमेरिकाले भारतलाई कोरोना खोप दिने वाचा गरे अनुसारको खोप अब कहिल्यै नआउने भएको देखिएको छ ।

अमेरिकी खोपबाट हुन सक्ने हानीको विषयमा अमेरिका र भारत बिच सहमति नबनेकाले भारतलाई प्राप्त हुने अमेरिकी अनुदानको खोप आउन नसकिने भारतीय अधिकारीहरूले बुझेका छन् ।

अमेरिकाले भनेको बमोजिमको खोप भारत कहिल्यै आउन नसक्ने देखिएको समाचार द प्रिन्टले भारत उल्लेख गरेको छ ।

अमेरिकाको खोप निर्माता कम्पनीले खोपबाट हुने प्रतिकूल असरका बारेमा उत्पन्न विवादका विषयमा कानुनी सुरक्षा दिन माग गरेको छ । साथै भारतको खोप उत्पादन कम्पनीसँग मिलेर काम गर्ने विषयमा पनि उत्पन्न भएको छ ।

गत मे महिनामा अमेरिकी राष्ट्रपति जो बाइडनले ८ करोड कोभिड खोप माात्रा भारतसहितका देशहरूसँग साझेदारी गर्ने घोषणा गरेका थिए ।

८ करोड खोप माात्रामा अमेरिकाले २ करोड खोप माात्रा आफ्नो भण्डारबाट दिने थप ६ करो अस्ट्राजेनेकाको मात्रा हुनेछ ।

जुनमाा राष्ट्रपति बाइडनले दुई तरिकाले खोप वितरण गरिने जनाए । एक तरिकामा २ करोड ५० लाख र ५ करोड ५० लाख खोपको तरिका हो । भारतले दुवै तरिकाबाट खोप पाउने बाइडनले जनाएका थिए ।

भारतीय अधिकारीहरूका अनुसार मोडर्ना, फाइजर र जनसन एन्ड जनसन खोप उत्पादन कम्पनीले खोपबाट हुने हानिको विषय हटाउन भनेका छन् ।

हालै भारत भ्रमण गरी फर्केका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि भारतलाई खोप दिन विश्वास दिलाएका थिए ।



प्रतिक्रिया दिनुहोस !