५ आश्विन २०८१, शनिबार

कोभिड विरूद्धको लडाइँका लागि आईएमएफद्वारा साढे ६खर्ब डलरको सहयोग कोष पारित

न्यून आय भएका देशहरूका लागि मात्र ३ प्रतिशत निर्धारण
प्रकाशित मिति :  3 August, 2021 1:05 pm


काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोषका (आईएमएफ)सदस्य देशहरूले कोभिड–१९ वैश्विक महामारी विरूद्धको लडाइँका लागि साढे ६ खर्ब अमेरिकी डलर बराबरको रकम परिचालन गर्ने प्रस्ताव पारित गरेका छन् ।

आईएमएफको इतिहासमा यति ठूलो रकम एक पटकमा अनुमोदन गरिएको यो पहिलो पटक हो ।

स्पेसल ड्रइङ राइट्सको रूपमा बुझिने आरक्षित सम्पत्तिको सिर्जना सन् २००९को वैश्विक वित्तीय संकट लगतै साढे दुई खर्बको जारी गरेयता यो पहिलो पटक गरिएको हो

आईएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले यसले वैश्विक आर्थिक अवस्थालाई स्थायित्व प्रदान गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

स्पेसल ड्रइङ राइट्सको विनियोजन अगस्ट २३ देखि कार्यान्वयनमा आउने आइएमएफले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रवन्ध निर्देशक जर्जिएभाले एसडीआरको विनियोजनबाट कोषका सबै सदस्य देशहरूलाई सुरक्षणहरू, आत्मविश्वास बलियो पार्न तथा स्थायितत्वका लागि दीर्घकालीन वैश्विक आवश्यकतालाई पूरा हुने विश्वास व्यक्त गरेकी छिन् ।

यो कोषको सबै भन्दा ठूलो साझेदारले सन् २०२०मा सहमति दिन अस्वीकार गरेकाले यो अनुमोदन गर्न ढिलाइ भएको हो ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडन र ट्रेजरीमा ज्यानेट येलन आएपछि अमेरिकी अडानमा परिवर्तन आएको हो ।

१९० देशहरू सदस्य भएको आईएमएफका लागि विनियोजित आरक्षणहरू तिनको कोटाको अनुपातमा तय गरिएको छ ।

२० ठूला देशहरूको समूहका लाागि ७० प्रतिशत रहेको छ भने न्यून आय भएका देशहरूका लागि मात्र ३ प्रतिशत निर्धारण गरिएको छ ।

एसडीआर तर्फ ५८ प्रतिशत विकसित अर्थतन्त्रहरूका लागि र ४२ प्रतिशत उदीयमान तथा विकासशील देशहरूका लाागि छुट्टयाइएको छ ।

त्यस अनुसार साढे ६ खर्ब अमेरिकी डलर बराबरको अनुमोदित कोषबाट २१ अर्ब अमेरिकी डलर बराबरको कोष न्यून आाय भएका देशहरूका लागि र २ खर्ब १२ अर्ब अमेरिकी डलर उदीयमान तथा विकासशील देशहरूका लगि छुट्टयाइएको छ ।यसमा चीनलाई समावेश नगरिएको छैन् ।

जुनमा ग्रुप सेभनले १ खर्ब अमेरिकी डलर बराबरको नयाँ एसडीआर पुन विनियोजन गर्ने योजनालाई समर्थन गरेको थियो । तर जी ट्वेन्टीले जुलाईमा साढे ६ खर्ब अमेरिकी डलरको प्रस्तावमा समर्थन गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !