आत्मनिर्भर लघुवित्तले १ करोड ८० लाख मुल्य बराबरको आईपीओ ल्याउँदै
काठमाडौं ।आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ करोड ८० लाख मुल्य बराबरको आइपीओ सर्वसाधारणका लागि निष्काशन तथा बिक्री गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगात बीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच द्धिपक्षीय हस्ताक्षर भएको छ ।