लक्ष्मी लघुवित्तको खुद मुनाफा १९६ प्रतिशतले बढ्यो
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७७/७८मा खुद मुनाफा १९६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण गत वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १९६.०१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधीमा कम्पनी ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५० करोड ७७ लाख २१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४६.२७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३४ करोड ७१ लाख २० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
कम्पनी सञ्चालन नाफा पनि १९८.७९ प्रतिशतले बढेर ३० करोड ५२ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी सञ्चालन नाफा १० करोड २१ लाख ७२ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पूँजी ३२ करोड ४५ हजार रूपैयाँ नै स्थिर कम्पनीको जगेडा कोष भने १०७.८८ प्रतिशतले बढेर ३६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ८३ पैसा पुगेको छ भने प्रतिसेयर आम्दानी ६० रुपैयाँ ३६ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३७.९४ गुणा रहेको छ ।