१२ मंसिर २०८१, बुधबार

भीडभाडजन्य गतिविधि नगर्न जिल्ला प्रशासन काठमाडौंको आग्रह

प्रकाशित मिति :  3 August, 2021 3:19 pm


काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रशासन कार्यालयले तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरीतका गतिविधि नगर्न÷ नगराउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले हस्ताक्षर गरेको उक्त विज्ञप्तीमा जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे÷गराए कानुन बमोजिम कडा कारबाही गरिने बताइएको छ ।

’निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीजस्ता गतिविधि संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, मास्कको उचित परयोग नगर्ने, भौतिक दूरी कार्यम नगरी अव्यवस्थित रूपमा सार्वजनिक गतिविधि संचालन गर्नाले कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरू नगर्न÷नगराउन सबैलाई सूचित गरिन्छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !