५ आश्विन २०८१, शनिबार

चीन र भारत बिच कमान्डरस्तरीय १२औं चरणको बैठक सम्पन्न

प्रकाशित मिति :  3 August, 2021 3:18 pm


China and India. Chinese and Indian flags. Official colors. Correct proportion. Vector illustration

काठमाडौ । चीन र भारत कमान्डरस्तरीय १२ औं चरणको बैठक सम्पनन भएको छ ।

चिनियाँ रक्षामन्त्रालयले जनाए अनुसार सीमा नजिक भारततर्फको मोल्दो चुसुल क्षेत्रमा दुई देशका कमान्डरस्तरीय बैठक सम्पन्न भएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुई पक्ष बिच सीमा नियन्त्रण रेखामा सैनिक संलग्नता कम गर्ने कार्यलाई प्रवद्र्धन गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

उनीहरूले बैठक संरचनात्मक भएको र आपसी असमझदारीमा वृद्धि भएको जनाएका छन् ।

दुई देश बिचका अल्झिएका बाँकी विषयहरूलाई सक्दो चाँडो सम्झोता र वार्ताको माध्यमबाट समाधान गर्न दुई पक्ष सहमत भएका छन् ।

पश्चिम क्षेत्रमा शान्ति व्यवस्थित गर्न संयुक्तरूमा कार्य गर्ने पनि जनाइएको छ । कमान्डर स्तरीय यो बैठक हुन अघि दुई देशका विदेशमन्त्रीहरूले जुलाई १४का दिन दुसान्बेमा भेटवार्ता गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !