७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्व अविश्वासको प्रस्ताव दर्ता

प्रकाशित मिति :  3 August, 2021 4:07 pm


रुपन्देही । विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभा सचिवालयमा आज अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

यसअघि सोमबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष संविधानको धारा १६८ (२) अनुसार बहुमत सरकार गठन गर्न प्रस्ताव आह्वान गर्न विपक्षी गठबन्धनले माग गरेका थिए।



प्रतिक्रिया दिनुहोस !