भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय,नेपाल रेल्वेका महाप्रबन्धकलाई स्पष्टिकरण सोधियो
प्रकाशित मिति : 3 August, 2021 7:41 pm
काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका नेपाल सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।
केपी ओली नतृत्वको सरकारको पालामा गठन भएको आयोगको पदाधिकारी हटाउन कानुनी समस्या देखिएपछि आयोग नै खारेज गर्ने निर्णय सरकारले गरेको छ ।
यस्तै आचरण विपरीत काम गरेको भन्दै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका पक्षमा चर्को समर्थन गर्दै समाजिक सञ्जालमा स्टाटस लेख्ने गर्दथे । पदिय आरण विपरित लखेको भन्दै भट्टराईको चर्को आलोचना हुने गरेको थियो ।