६ माघ २०८१, आइतबार

बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा बाध्य नपार्न आदेश

प्रकाशित मिति :  3 August, 2021 7:42 pm


काठमाडौ । सर्वोच्च अदालते बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सामेल हुन बाध्य नपार्न आदेश दिएको छ ।

न्यायाधीश अनिकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको माग दाबी अनुसार अन्तरिम आदेश मंगलबार जारी गरेको हो ।

सर्वोच्चले बैंक तथा वित्तीय संस्थाहरू स्वेच्छाले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन चाहेको अवस्थामा बाहेक प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको छ।

सामाजिक सुरक्षा कोषले गत चैत र जेठमा पटक–पटक पत्र पठाउँदै बैंक तथा वित्तीय संस्थालाई कोषमा असारभित्र अनिवार्य सूचीकृत हुन भनेकाो थियो ।

कोषको त्यो निर्देशन विरूद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले २० असारमा सर्वोच्चमा रिट दर्ता गराएका थिए । उनीहरूले सामाजिक सुरक्षामा जाँदा खाइपाई आएको सुविधा कटौती हुने जनाउँँदै आएका छन्।

यसअघि रिटको सुनुवाइका क्रममा १० साउनमा न्यायाधीश तेजबहादुर केसी र वमकुमार श्रेष्ठ बिच राय बाझिएको थियो।



प्रतिक्रिया दिनुहोस !