१० माघ २०८१, बिहिबार

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा राजीनामा दिन अस्वीकार,हटाए अदालत जाने

प्रकाशित मिति :  3 August, 2021 8:57 pm


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिन अस्वीकार गरेका छन् ।

पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा फेरि ल्याउन शाक्यको राजीनामा मगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि ऊर्जा मन्त्री पम्फा भुसालले शाक्यलाई राजीनामा दिन आग्रह गरेकी थिइन् । तर शाक्यले राजीनामा नदिने र हटाइए अदालत जाने चेतावनी दिएका छन् ।

शाक्यले लुम्बिनी सञ्चारसँग कुरा गर्दै भने,“राजीनामाबारे सोंचेको छैन अब सरकारले अदालत जान बाध्य पारे जानुपर्ला ।”

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर सरकार फेरिएसँगै घिसिङलाई फेरि प्राधिकरणमा ल्याउन खोजिएको छ ।

घिसिङ तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पालामा कार्यकारी निर्देशक भएका थिए । उनकै पालामा लोड्सेडिङ हटेपछि प्रशंसा भएको थियो । अहिले ऊर्जा मन्त्री फेरि माओवादी केन्द्रकै भागमा परेको छ र शाक्यलाई हटाएर घिसिङलाई ल्याउने प्रयास सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस !