सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ बिक्री खुल्ला
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले ६० करोड रुपैयाा बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।
कम्पनीले सर्वसाधारणमा बिक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सेयर सार्वजनिक निष्कासन मार्फत बिक्री गर्न लागेको हो ।
उक्त आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै सि–आस्बा सेवासमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरो सेयरको वेबसाइट मार्फत आवेदन दिन सकिने छ ।