बोर्डले विभिन्न ३ वटा कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दियो
काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले विभिन्न ३ वटा कम्पनीलाई आइपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको छ ।
बोर्डले रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।
रिलायबल लाइफ इन्स्योरेन्स
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बोर्डले ६० लाख कित्ता सेयर प्रिमियममा निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।
कम्पनीले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १२ सेबोनमा निवेदन पेश गरेको हो ।
कम्पनीको उक्त सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेकाको छ ।
रिभर फल्स पावर
धितोपत्र बोर्डले रिभर फल्स पावर लिमिटेडलाई ३४ करोड ३० लाख रुपैयाँ बराबरको साधारण सेयर आइपीओ निष्काशन गर्नको लागि अनुमति प्रदान गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ३० लाख रुपैयाँ बराबरका ३४ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ सेबोनमा निवेदन पेश गरेको हो ।
कम्पनीले उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा काम प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उपकार लघुवित्त वित्तीय संस्था
धितोपत्र बोर्डले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको साधारण सेयर आइपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २ लाख ६६ हजार २ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ गते सेबोनमा निवेदन पेश गरेको हो ।
कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ ।