४ आश्विन २०८१, शुक्रबार

पुष्प किसान र उद्यमी आन्दोलित,प्लेकार्ड र फूलका गुच्छा सहित ललितपुर प्रशासन अगाडि प्रदर्शन

प्रकाशित मिति :  4 August, 2021 7:09 pm


काठमाडौं । पुष्प किसान र उद्यमी आन्दोलित भएका छन् । कोरोनाले थलिएको क्षेत्र सरकारले अबैध आयात नरोक्दा सडकमा उत्रिएका   हुन् ।

आज ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि पुष्प गुुच्छा र प्लेकार्ड बोकेर किसान तथा उद्यमीहरु प्रदर्शनमा उत्रिएका छन् । केही दिन अघि अबैध रुपमा आयात भइरहेको पुष्प तथा पुष्पजन्य उत्पादन किसानहरुले नियन्त्रणमा लिइ सरकारलाई बुझाएका थिए ।

अबैध आयात गर्नेहरुले उल्टै किसानलाई पक्राउ गर्न प्रहरी कार्यालयमा उजुरी गरेपछि किसान,उद्यमी तथा सरोकारवालाले प्रर्दशन गरेका हुन् ।

प्रदर्शनकारीले किसानमाथि लगााइएको झुट्ठामुद्दा खारेज गर्नुपर्ने र अबै आयातमा सरकाले दतारुकता देखाउनुपर्ने माग गरेका छन् ।

गत साउन १६ गते नर्सरी तथा पुष्प उत्पादक किसान संघ र फ्लोरिकल्चर एसोसिएशन अफ नेपाल (फ्यान) का सदस्यहरुले अनियमित तरिकाले आयात हुदै गरेको पुष्पजन्य उत्पादन नियन्त्रण लिएर राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई बुझाएका थिए ।

सामान आयातकर्ताहरुले गल्ती स्वीकार गर्नुको साटो उल्टै किसानहरुमाथि मुद्दा दायर गरेको भन्दै बुधबारदेखि किसान तथा उद्योगी विरोधमा उत्रिएका हुन् ।

मुद्दा फिर्ता लिएर अबैध आयात रोकी स्वदेशी उत्पादन प्रर्वद्धनका काम नभएमा आन्दोलनलाई निरन्तरता दिइने फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

कार्यक्रमप्रति अखिल नेपाल किसान महासंघ लगायतका संस्थाले एक्यवद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !