७ आश्विन २०८१, सोमबार

यादव पक्षलाई जसपाको आधिकारिकता दिनुको कारण पेश गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति :  4 August, 2021 5:47 pm


काठमाडौ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले निर्वाचन आयोग विरूद्ध दायर गरेको रिट निवेदनमा आयोगलाई १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ ।

जनता समाजवादी पार्टीलाई आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको विरुद्ध ठाकुरले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले जवाफ माग गरेको हो ।


चर्चा नभएको एउटा रिट,जसले जसपालाई पनि तत्कालीन नेकपाको अवस्थामा पुर्‍याउन सक्ने छ !


न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश नदिएर १५ दिनभित्र कारण देखाउ आदेश दिएको हो ।

आदेशमा ‘निवेदक (ठाकुर पक्ष) को मागबमोजिमको आदेश किन जारी हुन नपर्ने ? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई’ लिखि जवाफ बुझाउन इजलासले आयोगलाई भनेको हो ।



प्रतिक्रिया दिनुहोस !