विप्लव नेतृत्वको नेकपाद्वारा बर्दियामा २१ हजार किलो अवैध हड्डी नियन्त्रणमा
बर्दिया । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियामा अवैध हड्डी नियन्त्रणमा लिएको छ ।
बढैयाताल गाउँपालिका वडा नम्बर ३ बाट २१ हजार किलो अवैध हड्डी बरामद गरिएको नेकपा बर्दियाले जनाएको छ । बढैयाताल गाउँपालिका इन्चार्ज राजेन्द्र, बाँसगढी नगर इन्चार्ज शक्तिको नेतृत्वमा गएको टोलीले अवैध हड्डी बरामद गरेको हो ।
भारत घर भई बढैयाताल गाउँपालिका ३ बस्ने कमलपति यादव र विशेश्वर यादवले लामो समयदेखि विभिन्न जनावरहरूका हड्डी अवैध रूपमा सङ्कलन गरि भारत निर्यात गर्ने गरेको सूचनाका आधारमा गएको नेकपाको टोलीले हड्डी बरामद गरि इलाका प्रहरी कार्यालय मैनापोखरमा बुझाएको छ ।
नेकपा बर्दियाले चोरी ,तस्करी ,भ्रष्टाचार, लागूऔषध नियन्त्रणजस्ता सामाजिक रूपान्तरणको अभियान चलाइरहेको र यसैक्रममा हड्डी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको बाँसगढी नगर इन्चार्ज शक्तिले जानकारी दिए ।