५ आश्विन २०८१, शनिबार

चेक गणतन्त्रमा रेलगाडी जुध्दा २ जनाको मृत्यु , दर्जनौ घाइते

प्रकाशित मिति :  4 August, 2021 6:14 pm


काठमाडौ । चेक गणतन्त्रमा रेलगाडी जुध्दा २ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएकाा छन् ।

पश्चिम सीमावर्ती शहर डोमाजलाइस नजिक मिलाभ्से गाउँमा दुई रेलगाडी एकआपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । अन्य ३० जनाइ घाइते भएका छन् ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको छ ।

प्रहरीले ट्वीटमा दुर्भाग्यपूर्ण यो समयमा हामी रेलगाडी दुर्घटनामा दुई जनाको मृत्यु भइसकेको उल्लेख गरेको छ ।

यातायात मन्त्री करेल हाभलिसेकले यो दुर्घटनालाई गम्भीर भनी टिप्पणी गरेका छन् ।

उनले आफ्नो निर्धारित कार्यक्रम स्थगित गरी घटनास्थलको निरीक्षण भ्रमणमा जान लागेको आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !