५ आश्विन २०८१, शनिबार

कोरोनाको खोप लिनेहरूको फोक्सोमा पानी भरिंदैन : अध्ययन

प्रकाशित मिति :  5 August, 2021 12:51 pm


काठमाडौं । कोरोनाको खोप लिनेहरू संक्रमित हुँदा उनीहरूको फोक्सोमा पानी नभरिएको पाइएको छ ।

अमेरिकामा कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा संलग्न एक डाक्टरले एक्सरेको भिन्नता अध्ययन गरी कोरोना खोप लगाउने व्यक्तिको फोक्सोमा पानी नभरिने गरेको तथ्य सार्वजनिक गरेका हुन् ।
खोप नलिने व्यक्तिमा कोरोना संक्रमित हुँदा तिनको एक्सरेमा फोक्सोमा सेतो दाग देखिन्छ । तर खोप लिनेहरूमा संक्रमण हुँदा उनीहरूको रेक्सरे नलिनेहरूको तुलनामा बढी कालो देखिन्छ ।

ती डाक्टरले जनाए अनुसार कालो एक्सरेले फोक्सोमा पानी भरेको होइन भने दर्शाउँछ । खोप नलिनेहरूलाई कोरोना लाग्दा उनीहरूको फोक्सोमा भाइरसको भार बढेर पानी भर्ने र फोक्सो सुनिएर आउने गर्छ ।

हेल्थ सेन्ट लुइस युनिभर्सिटी हस्पिटलका डाइरेक्टर डा.घस्सन कामेल मार्च २०२०देखि कोरोना संक्रमित रोगीको उपचारमा संलग्न रहि आएका छन् । उनका अनुसार कोरोनाभाइरसले निमोनियाको खतरा बढाउने गर्छ ,फोक्सोमा पानी भर्न लगाउँछ र फोक्सो सुनिन लगाउँछ ।

फोक्सोमा पानी भरेपछि फोक्सोका साना साना प्वालहरूमा अक्सिजन छिर्न नसक्ने दैनिक भास्करले छापेको समाचारमा उल्लेख छ ।

अक्सिजन नछिर्ने भएपछि श्वास लिन कठिनाइ भइ रुघा खोकी जस्तो अवस्था आउने गर्छ । तर खोप लिएकाहरूमा नलिनेहरूको जस्तो अवस्था नभएकाले भेन्टिलेटरबाट अक्सिजन दिनुपर्ने जस्तो अवस्था नआएको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस !