आयोजना प्रभावित स्थानीयका लागि साउन २९ गतेदेखि आईपीओ ल्याउदै साहस उर्जा
काठमाडौं । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन तथा विक्री गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यका दरले ३५लाख कित्ता प्रथम सेयर आइपिओ बिक्री गनै लागेको हो । कम्पनीले उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि विक्री गर्न लागेको हो ।
यो आईपीओमा आवेदन दिने मिति छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गतेसम्म तोकिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बिक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि ग्लोबलआईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट समेत आवेदन दिन सकिने व्यवस्था छ ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।