आइसिएफसी फाइनान्सद्वारा पुरानो लाभांश लिन अनुरोध
प्रकाशित मिति : 5 August, 2021 2:28 pm
काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।
कम्पनीले विभिन्न साधारण सभाहरुबाट प्रारित भएको विगत पाँच वर्ष पुग्दा पनि केही सेयरधनीहरुले लाभांश नलिएपछि लाभांश रकम लिन अनुरोध गरेको हो ।
कम्पनीले हालसम्म लाभांश नलिएका सेयरधनीले सूचना प्रकाशित भएको मितिदेखि ३० दिन भित्र कम्पनीको प्रशासन विभागमा सम्पर्क गरी लिन भनेकोे छ ।
समयमा नलिएमा भुक्तानी गर्न बाँकी लाभांश रकम प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जाने समेत कम्पनीले बताएको छ ।