६ माघ २०८१, आइतबार

भूमि आयोग विघटन विरुद्ध आन्दोलनको घोषणा

प्रकाशित मिति :  5 August, 2021 2:40 pm


काठमाडौं । सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोगलाई विघटन गरेको विरुद्धमा नेपाल भुमिहीन सुुकुम्बासी संगठनले आन्दोलनको घोषणा गरेको छ ।

अध्यक्ष शान्ता चौधरीले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै आयोग विघटनको निर्णय फिर्ता लिन सरकारसँग माग गर्दै आन्दोलनको घोषणा गरेकी हुन् ।

शुक्रवार (२२ गते) ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने, सनिवार देशभरका भूमिहीन सुकुम्वासी, अव्यवस्थित वस्तीहरुमा जानकारी तथा जागरण कार्यक्रम गर्ने र २४ गते आइतवार जिल्ला जिल्लामा विरोध सभा गर्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

आइतवारसम्म सरकारले माग सम्बोधन नगरेमा थप कार्यक्रमको घोषणा गर्ने चौधरीले बताइन् ।

केपी ओली प्रधानमन्त्री हुँदा गठन आदेशबाट गठित आयोग देउवा सरकारको मन्त्रीपरिषद्को वैठकले खारेज गर्ने निर्णय गरेको हो ।

आयोगले भूमिहीन, सुकुम्वासीको समस्या समाधानको लागि ७४७ पालिकासँग सम्झौता गर्दै समस्या समाधानको लागि कार्य गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !